२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

काेराेना संक्रमणबाट थप एक युवककाे मृत्यु

शुक्रबार २३, साउन २०७७ ११:४८

काेराेना संक्रमणबाट थप एक युवककाे मृत्यु

काठमाडाैं । सिरहाको गोलबजार नगरपालिका १२ का २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले ती युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको जानकारी दिए  । 

यादवका अनुसार दुवै मिर्गौला फेल भएका उनलाई साउन १९ गते डायलसिसका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । 

साउन २१ गते दिउसो उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

जनकपुर प्रादेशिक अस्पतालले २१ गते रिफर गरेपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

 

 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस