२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

वीरगन्जमा कोरोनाले थप दुईको मृत्यु

बिहिबार २२, साउन २०७७ ११:२८

वीरगन्जमा कोरोनाले थप दुईको मृत्यु

वीरगन्ज । काेराेना संक्रमणबाट वीरगन्जमा बिहीबार थप २ जनाको मृत्यु भएको छ। वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्ज १० आदर्शनगरका ५७ वर्षीय पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको हो। 

बिहीबार बिहान ८ बजे मृत्यु भएका ती पुरुषको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा बिहीबार साँझ पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

मुटुरोगी ती पुरुषमा निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि गत मङगलबार दिउँसो कोभिड अस्पतालमा भर्ना गरिएको थियो। 

उपचारकै क्रममा बुधबार राति करिब १० बजेपछि स्वास्थ्य झन् बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको बिहीबार बिहान साढे ८ बजे मृत्यु भएको कोभिड अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

यस्तै गत साउन २० गते राति आफनै घरमा मृत्यु भएका वीरगन्ज ११ मुर्लीका ८० वर्षीय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालाबाट बिहीबार साँझ प्राप्त रिपोर्टमा ती वृद्धको पनि पीसीआर रिपोर्ट पाजिटिभ रहेको मेसु उपाध्यायले बताए। 

साउन २० गते राति मूर्लीस्थित आफनै घरमा मृत्यु भएका वृद्धको कोरोना परीक्षणका लागि बुधबार बिहान स्वाब संकलन गरेकाे थियो।
  
योसंगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ। साउनमा मात्रै पर्सामा १५ जनाको मृत्यु भएको छ। मुलुकभर ६७ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । 


#काेराेना

प्रतिकृया दिनुहोस