२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

टर्कीमा भूकम्प, सातको मृत्यु

आइतबार ११, फागुन २०७६ ०६:०७

टर्कीमा  भूकम्प, सातको मृत्यु

एजेन्सी, टर्कीमा आएको भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ ।

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुले दिएको जानकारीअनुसार मृत्यु भएका मध्ये तीन जना बालबालिका रहेका छन् ।

भूकम्पका कारण अरु पाँच जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि सोयलुले बताए ।

उहाँले भूकम्पपछि भत्किएका भौतीक संरचनामा अरु केही व्यक्ति पुरिएको हुनसक्ने आशंका गरिएको पनि जानकारी दिए । पुरिएकाको खोजीकार्य जारी रहेकाे छ ।

छिमेकी मुलुक इरानसँग सिमाना जोडिएको टर्कीको पूर्वीक्षेत्रमा पर्ने सराएलाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्नीच्युडको भूकम्प गएको हो ।

अमेरिकी भौगर्भिक सर्भेले आइतबार बिहान भूकम्प गएको जनाएको छ । उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको थियो ।


#भूकम्प

प्रतिकृया दिनुहोस