बिहिबार २२, साउन २०७७ ०२:४३
काठमाडाैं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना पोजेटिभ देखिएको छ।
सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।
यादवलाई कोरोना पोजेटिभ देखिएपछि उक्त टोलीमा रहेका सबै सेल्फ आइसोलेसनमा बसेका थिए।
सचिवालय स्राेतका अनुसार, 'टोलीमा रहेका अन्य सांसदहरुको पनि परीक्षण भएको थियो', 'प्रवक्ता पाण्डेको मात्र कोरोना पोजेटिभ देखिएको हो।'
प्रतिकृया दिनुहोस