२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

फेसबुकबाट हटाइयाे ट्रम्पको पाेष्ट

बिहिबार २२, साउन २०७७ १२:३०

फेसबुकबाट हटाइयाे ट्रम्पको पाेष्ट

एजेन्सी । फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भिडियो पोस्टलाई हटाएकाे छ । भिडियोमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट बालबालिका सुरक्षित रहेको दाबी सहितको भिडियाे पाेष्ट गरेका थिए ।

फेसबुकले ट्रम्पको उक्त भिडियाेलाइ 'कोभिडसम्बन्धी अहितकर झुठो सूचना' को वर्गीकरणभित्र राख्दै फेसबुकबाट हटाएको जनाएको छ । 

फेसबुकले राष्ट्रपति ट्रम्पले पोस्ट गरेकाे सामग्रीलाई आपत्तिजनक र गलत ठह¥याउँदै फेसबुक पेजबाट हटाएको यो पहिलो पटक हो । यसअघि पनि राष्ट्रपति ट्रम्पको चुनावी अभियानको पेजमा प्रयोग भएको नाजी प्रतीक चिह्नलाई पनि फेसबुकले हटाएको थियो ।

फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको यो भिडियो अंशमा राष्ट्रपति ट्रम्पले कोभिड–१९ बाट एउटा समूह सुरक्षित रहेको भन्दै गलत दाबी गरिएको फेसबुकका प्रवक्ताले बताएका छन् । उनले कोभिडसम्बन्धी फेसबुकको नीति विपरीत राष्ट्रपति ट्रम्पको दाबी फेसबुकमा पोस्ट भएको बताए ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित प्रेस ब्रिफिङमा बालबच्चाहरुले कोभिडलाई सहजै परास्त गर्न सक्छन् भन्ने मेरो धारणा हो । उनीहरुमा रोगप्रतिरोधी क्षमता बढी हुन्छ भनेर भनेका थिए । 

स्वास्थ्य अधिकारीहरुले कोभिडको असर जुनसुकै उमेर समूहका व्यक्तिमा हुने जनाउँदै सतर्कता अपनाउन निरन्तर आग्रह गरिरहेका छन् । 


#डोनाल्ड ट्रम्प

प्रतिकृया दिनुहोस