२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

पर्सामा एक चिकित्सकसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

बिहिबार २२, साउन २०७७ १०:५३

पर्सामा एक चिकित्सकसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पीसीआर परीक्षणमा एक चिकित्सकसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये रौतहट मौलापुरका एक जना र बाराको देवतालका एक जना संक्रमित हुन् । ४३ जना संक्रमितमध्ये ११ जना नेपाली सेनामा कार्यरत छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार ६ महिलासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४३ जना संक्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएका छन् । संक्रमण पुष्टि भएकामध्ये ७ जनाले आफै पैसा तिरेर स्वाब परीक्षण गराएका हुन्।.

मास ट्रेसिङका ६ जना र कन्ट्याक्ट ट्रेसिङका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको शल्यक्रिया विभागका एक स्टाफसहित स्टाफ परिवारका दुइ जनामा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 


#काेराेना भाइरस

प्रतिकृया दिनुहोस