२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

बेइरुत विष्फोट : मृतकाे संख्या १३५ पुग्यो

बिहिबार २२, साउन २०७७ ०७:४७

बेइरुत विष्फोट : मृतकाे संख्या १३५ पुग्यो

काठमाडौं । लेबनानको राजधानी बेइरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । चार हजारभन्दा धेरै मानिस घाइते भएका छन् ।

मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो । राष्ट्रपति माइकल आउनले अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन् ।

लेबनान सरकारले विष्फोटको अनुसन्धानका लागि बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको छ ।

विष्फोटको आवाज करिब २४० किलोमिटर टाढा रहेको साइप्रससम्म सुनिएको थियो । विष्फोटका कारण भवनहरु भत्किएर खण्डहरमा परिणत भएका छन् । टाढा–टाढासम्मका भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेइरुत विस्फोटलाई आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटमध्येको एक भनेका छन् ।

दोस्रो विश्व युद्धमा अमेरिकाले जापानको हिरोसिमामा खसालेको अणु बमको शक्तिको १० भागको एक भागजति शक्तिशाली विष्फोट बेइरुतमा भएको उनीहरुले बताएका छन् ।


प्रतिकृया दिनुहोस