२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

कोरोना जितेर घर फर्किन् विराटनगरकी ९० वर्षीया

बिहिबार २२, साउन २०७७ ०७:३८

कोरोना जितेर घर फर्किन्  विराटनगरकी ९० वर्षीया

माेरङ । कोरोना संक्रमित विराटनगर-६ की ९० वर्षीया वृद्धा ११ दिनमै निको भएर बुधबार घर फर्केकी छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनी साउन १० गते कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएकी थिइन् ।

कोसी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले उच्च रक्तचाप, मधुमेह, नसा र पिसाबसम्बन्धी दीर्घ रोगी ९० वर्षीया वृद्धा ११ दिनमै निको भएर घर फर्किएको बताए ।

बुधबार ९० वर्षीया वृद्धासहित बुधबार उपचार केन्द्रबाट २१ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए । मोरङका ११, इलामका ६, झाप, तेह्रथुम, सुनसरी र उदयपुरको १/१ जना डिस्चार्ज भएको दासले बताए ।


प्रतिकृया दिनुहोस