२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

बुधबार एकै दिन ५ काेराेना संक्रमितको मृत्यु

बुधबार २१, साउन २०७७ ०७:४०

बुधबार एकै दिन ५ काेराेना संक्रमितको मृत्यु

काठमाडौं । काठमाडौंमा एक जनासहित बुधबार एकै दिन पाँच जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ र पर्साका दुई-दुई जना र सर्लाहीका एक जना छन्। मोरङका दुई जनाको भने कोसी अस्पतालमा मृत्यु भएको हो।

उनीहरूको मृत्युपछि कोरोना पुष्टि भएको थियाे । मृतक दुबै जना ४५ वर्षका हुन्।

बुधबार दिउँसो ४ बजे आएको रिपोर्टमा दुबै जनामा कोरोना पोजेटिभ देखिएको हो। अहिले मृतकहरूको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

मोरङ रंगेलीका ती पुरूषलाई भने आज बिहानै अस्पताल ल्याउँदा नै बाटोमै मृत्यु भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि उनको कोरोना परीक्षण गरिएको हो।

यस्तै, मोरङ निवासी अर्का पुरूषमा पनि श्वासप्रश्वास, छाती दुख्ने र पखालाको समस्या देखिएपछि हिजो बिहान अस्पताल भर्ना गरिएको थियो।

सुरूमा आकस्मिक कक्षमा उपचार गरेपछि उनलाई पछि आइसोलेसनमा सारिएको थियो।

उनको पनि आज दिउँसो तीन बजे मृत्यु भएको हाे। उनको पनि आजै कोरोना पोजेटिभ देखियो।

बुधबार नै पर्सामा दुई जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको हो। मृत्यु हुनेमा ४६ वर्षीय पुरूष र १८ वर्षीय किशोरी छन्।

यसैगरी काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ।

सर्लाही मलंगवा नगरपालिका-६ की ६५ वर्षीया वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता  डा. प्रविन नेपालले जानकारी दिए।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस