२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

१४ जिल्लामा निषेधाज्ञा जारी, कहाँ र कहिलेसम्म ?

बुधबार २१, साउन २०७७ ०४:१४

१४ जिल्लामा निषेधाज्ञा जारी, कहाँ र कहिलेसम्म ?

काठमाडाैं । कोभिड १९ को संक्रमण रोक्न देशका १४ जिल्लामा यतिबेला आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ। गृहमन्त्रालयका अनुसार १४ मध्ये केहीमा जिल्लाभर र केहीमा आंशिक निषेधाज्ञा गरिएकाे छ।

सप्‍तरी, सर्लाही, स्याङ्जा, पर्सा, बारा र बाँके जिल्लाभरी पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ ।

सर्लाही, पर्सा र बारामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ भने बाँकेमा साउन २४ गतेसम्म, सप्तरीमा साउन २६ गतेसम्म र स्याङ्जामा साउन २३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

यस्तै, धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रहरुमा साउन २५ गतेसम्म निषेधाज्ञा गरिएको छ ।

नुवाकोट पूर्व बाहैवेर भन्ज्याङ,पश्चिम नयाँ चौतारा,उत्तर बागेश्वरी भन्ज्याङ र दक्षिण पोखरी डाँडा र हिलेटोलमा अर्को आदेश नभएसम्मका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

मोरङको विरानगर महानगरपालिकामा साउन ३० गतेसम्म,महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा साउन २१ गतेसम्म र दार्चुलाको मर्मा गाउँपालिकामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

 


#निषेधाज्ञा

प्रतिकृया दिनुहोस