२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

पर्सामा मृत्यु भएकी १८ वर्षीया किशाेरीमा कोरोना पुष्टि

बुधबार २१, साउन २०७७ ०९:४१

पर्सामा मृत्यु भएकी १८ वर्षीया किशाेरीमा कोरोना पुष्टि

वीरगञ्ज । पर्सामा गत सोमबार मृत्यु भएकी एक किशाेरीमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ बस्दै आएकी १८ वर्षीया किशाेरीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

पोखरिया–८ जगतपुर घर भएकी ती किशाेरी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् ।

याेसँगै पर्सामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस