२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

बाँकेमा थपियाे शनिबारसम्म निषेधाज्ञा

मङ्गलबार २०, साउन २०७७ ०८:०४

बाँकेमा थपियाे शनिबारसम्म निषेधाज्ञा
फाइल तस्बिर ।

नेपालगन्ज । बाँके जिल्लाभर आइतबारदेखि जारी निषेधाज्ञा शनिबारसम्मका लागि लम्ब्याइएको छ ।

कोराना भाइरसका संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले निषेधाज्ञा ४ दिन लम्ब्याएको हो ।

पछिल्ला समय बाँकेमा समुदायस्तरमै कोरोना संक्रमण देखिन थालेकोले यसको फैलावटलाई रोक्नका लागि थप ४ दिन निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएकाे छ ।

कर्यालयका अनुसार, सरकारी कर्मचारी, जनप्रतिनिधिलगायत ट्राभल हिष्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिएकोले निषेधाज्ञा लम्ब्याइएको हो ।

निषेधाज्ञाको अवधिमा जिल्लाभर स्वास्थ्य,सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, दूध, फोहरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि पसल, खाद्यान्न र तरकारी आपूर्ति जस्ता अत्यावश्यक सेवाहरु मात्रै सञ्चालन गर्न पाइनेछ ।


#काेराेना भाइरस

प्रतिकृया दिनुहोस