२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

मंगलबार थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१ हजार नाग्याे

मङ्गलबार २०, साउन २०७७ ०४:३६

मंगलबार थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१ हजार नाग्याे

काठमाडौं । मंगलबार नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे  नियमित काेबिड १९ प्रेस ब्रिफिङमा प्रबक्ता डा जागेश्वर गाैतमका अनुसार मंगलबार थपिएका सहित कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेकाे संख्या १५ हजार २६ छ ।

पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।


#कोरोना संक्रमित

प्रतिकृया दिनुहोस