२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

भारतमा एकैदिन ५२ हजार बढीमा कोरोना संक्रमण पुष्टि

मङ्गलबार २०, साउन २०७७ १२:१६

भारतमा एकैदिन ५२ हजार बढीमा कोरोना संक्रमण पुष्टि

एजेन्सी।  भारतमा पछिल्लो २४ घण्टामा ५२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ सयभन्दा बढीको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२ हजार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ३ जनाको मृत्यु भएको छ । भारतमा दैनिक रुपमा ५० हजारभन्दा बढीमा संक्रमण देखिएको यो पाँचौँ दिन हो ।

भारतमा पछिल्ला १५ दिनमा कोरोना भाइरसको संक्रमण दर उच्च गतिमा बढिरहेको छ । संक्रमणका हिसाबले भारत विश्वकै तेस्रो प्रभावित मुलुक हो । अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १८ लाख ३ हजार ६ सय ५ पुगेको छ भने कोरोनाबाट अहिलेसम ३८ हजार १ सय ३५ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १२ लाख निको भएका छन् ।


#काेराेना भाइरस

प्रतिकृया दिनुहोस