२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

पर्सामा थप ३४ जनामा काेराेना संक्रमण पुष्टि

मङ्गलबार २०, साउन २०७७ ११:००

पर्सामा थप ३४ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं ।  नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा दुई चिकित्सकसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३४ जना संक्रमितमध्ये दुई जना बारा, एक जना सर्लाही र एक जना सुर्खेतका छन् ।

संक्रमित हुनेहरुमा सैनिक, पत्रकार र थुनुवासमेत रहेको अस्पतालले जनाएको छ । अस्पताल स्राेतका अनुसार ६ जना महिलासहित १४ वर्ष देखि ५६ वर्ष उमेर समूहका ३४ जनामा कोरोना पुष्टि भएको हो ।

नारायणी अस्पतालको फार्मेसीमा कार्यरत दुई जनामा पनि कोरोना देखिएको छ ।

संक्रमित दुई चिकित्सक नेसनल मेडिकल कलेज र नारायणी वयोधा अस्पतालका हुन् ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस