२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

मेलम्चीमा कभर्ड हल पुरियाे, ८ मजदुर बेपत्ता

सोमबार १९, साउन २०७७ ०८:३१

मेलम्चीमा कभर्ड हल पुरियाे, ८ मजदुर बेपत्ता

काठमाडाैं ।  मेलम्ची नगरपालिका वडा नम्बर ११ मा निर्माणाधीन कभर्ड हल पहिरोले पुरिँदा ७ जना नेपाली र एक भारतीय नागरिक गरी ८ जना बेपत्ता भएका छन् ।

उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता नेपालीहरु पर्साका भएको बुझिएको प्रहरीले बताएको छ ।

बन्दै गरेको कभर्ड हल सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

घाइते ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उनले बताए ।

अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताको खोजी गरिरहेको डीएसपी काफ्लेले जानकारी दिए ।


#पहिरो

प्रतिकृया दिनुहोस