२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

भारतीय गृहमन्त्री अमित शाहलाइ काेराेना संक्रमण पुष्टि

आइतबार १८, साउन २०७७ ०५:५८

भारतीय गृहमन्त्री अमित शाहलाइ काेराेना संक्रमण पुष्टि

काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

अमित शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण  गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ।  मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु,’ शाहले ट्विटमा भनेका छन्,‘मेरो अनुरोध  कि तपाईंहरूमध्ये केही दिनयता मेरो सम्पर्कमा आएका व्यक्तिहरूले आफूलाई आइसोलेसनमा राखेर परीक्षण गराउनु होला।’

भारतमा कोरोना संक्रमण हुने भारत सरकारका उच्च अधिकारी हुन्।

पछिल्लो समय भारतमा दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिइरहेको छ। पछिल्लो २४ घन्टामा भारतभर ५४ हजार ७ सय ३६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ५३ जनाको मृत्यु भएको छ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस