२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

वृद्ध र बालबालिकालाई घरबाहिर ननिस्कन सरकारकाे आग्रह

आइतबार १८, साउन २०७७ ०५:५१

वृद्ध र बालबालिकालाई घरबाहिर ननिस्कन सरकारकाे आग्रह

काठमाडाैं ।  सरकारले वृद्ध तथा बालबालिकाहरुलाई घरमै बस्‍न आग्रह गरेको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

मन्त्रालयले ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १२ वर्षमुनीका बालबालिकाहरुलाई काठमाडौंजस्ता घना बस्ती भएका ठाउँहरु बाहिर ननिस्कन अनुरोध गरेको हो ।

प्रवक्ता गौतमले कोरोना संक्रमितको संख्या बढिरिहेपनि निको हुने दर पनि राम्रो भएको बताए । उनले निको हुने दर ७२ प्रतिशत रहेको जानकारी दिएका छन् ।

कोरोना संक्रमण हुँदैमा नडराउन तर सावधानी अपनाउन उनले आग्रह गरे । ८० प्रतिशत संक्रमितहरु कुनै समस्या बिना नै निको भएको प्रवक्ता गौतमको भनाइ छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस