२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

पछिल्लाे २४ घण्टामा थप २४६ जनामा काेराेना संक्रमण पुष्टि

आइतबार १८, साउन २०७७ ०४:४०

पछिल्लाे २४ घण्टामा थप २४६ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लाे २४ घन्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २४६ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।

आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् ।

यस्तै काठमाडौं उपत्यकामा  पछिल्लाे २४ घन्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् । 


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस