२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

कोरोनाबाट उत्तर प्रदेशकी एक मन्त्रीको मृत्यु

आइतबार १८, साउन २०७७ १२:२२

कोरोनाबाट उत्तर प्रदेशकी एक मन्त्रीको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री कमला रानी वरुणको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ ।

उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो ।  उनको आइतबार बिहान मृत्यु भएको हो ।

पछिल्लो समय भारतमा दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिइरहेको छ। पछिल्लो २४ घन्टामा भारतभर ५४ हजार ७ सय ३६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ५३ जनाको मृत्यु भएको छ।


#काेराेना भा #काेराेना भाइरस

प्रतिकृया दिनुहोस