२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

वीरगन्जमा कोरोनाबाट थप  एक जनाको मृत्यु

शनिबार १७, साउन २०७७ ०८:५६

वीरगन्जमा कोरोनाबाट थप  एक जनाको मृत्यु

वीरगन्ज ।  वीरगन्जमा कोरोनाबाट शनिबार थप  एक जनाको मृत्यु भएको छ । ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगन्जको नारायणी वयोधा अस्पतालमा मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका १६ नगवा निवासी ती वृद्धाको शनिबार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहले बताए ।

ती वृद्धामा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । डा.सिंहका अनुसार वयोधा अस्पतालले शनिबार साँझ कोरोना अस्पतालमा रेफर गर्दा नै उनको मृत्यु भइसकेको थियो । ६८ वर्षीया ती वृद्धा गत साउन १४ मा वयोधा अस्पतालमा भर्ना भएको थिइन् ।

साउनयता वीरगन्जमा १२ कोरोना संक्रमितको मृत्यु भएको छ ।


#काेराेना भाइरस

प्रतिकृया दिनुहोस