२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

टिकटकमा प्रतिबन्ध लगाउन सक्छाैः डोनाल्ड ट्रम्प

शनिबार १७, साउन २०७७ १२:५६

टिकटकमा प्रतिबन्ध लगाउन सक्छाैः डोनाल्ड ट्रम्प

एजेन्सी । अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, 'हामीले यो विषयको तयारी गरेका छौ, हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरु हुन सक्छन्, त्यस बारेमा खोजी गरेका छौँ हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ ।'

अमेरिकामा कतिपय चिनियाँ एप्लिकेन्सहरुमा प्रतिबन्ध लागेको छ । त्यसैले अमेरिकाले  टिकटकमा पनि प्रतिबन्ध लगाउनसक्ने तयारी गरेको चर्चा शुरु भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाई आएको हो । 

यसअघि जुलाईको पहिलो सातामा नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको बताएका थिए । 

त्यसको करिब महिना दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाई आएको प्राप्त समाचारमा जनाइएको छ ।


#डोनाल्ड ट्रम्प

प्रतिकृया दिनुहोस