२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

शनिबार १७, साउन २०७७ ११:२२

धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा शुक्रबार राति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको र उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए । आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते छन् । 'गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ,' प्रवक्ता थापाले भने, 'घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।'

उनले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।  


#हत्या

प्रतिकृया दिनुहोस