२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

सांसद प्रदीप यादवमा कोरोना

शनिबार १७, साउन २०७७ ०७:४५

सांसद प्रदीप यादवमा कोरोना

काठमाडाैं । पर्सा १ बाट प्रतिनिधि सभाका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । जनता समाजवादी पार्टीका सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए ।  

नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।

सांसद यादव आफैंले यसबारे फेसबुकमा जानकारी गराएका छन्। 'मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु,' उनले फेसबुकमा लेखेका छन्। 

उनले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन्। साथै उनले आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने जनाएका छन्। 

सांसद यादवका अंगरक्षक र चालकमा पानि कोरोना संक्रमण देखिएको छ ।

यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय पर्सामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पर्सामा पछिल्लो दुई दिनमा मात्र ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

 

 

 

 


#काेराेना

प्रतिकृया दिनुहोस