२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

दक्षिण कोरियामा रहेका नेपालीलाइ विशेष सावधानी अपनाउन नेपाली दूतावासकाे आग्रह

आइतबार ११, फागुन २०७६ १२:०१

दक्षिण कोरियामा रहेका नेपालीलाइ विशेष सावधानी अपनाउन नेपाली दूतावासकाे आग्रह

काठमाडौं, दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै सियोलस्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला सियाेलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो ।

विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबारसम्ममा काेरीयामा चार सय बढी मानिस संक्रमित बनेका छन् ।

संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको बताइएको छ । दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

‘सम्बद्ध निकायबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्त प्रयासका बाबजुद दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको प्रति हामी अझै बढी सजग र सचेत हुन जरुरी छ,’ दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।


#नेपाली दूतावास

प्रतिकृया दिनुहोस