२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

२४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि,थप ४ जनाको मृत्यु

शुक्रबार १६, साउन २०७७ ०५:५४

२४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि,थप ४ जनाको मृत्यु

काठमाडाैं । देशभर पछिल्लाे  २४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । 

२४ घन्टामा १५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै १४ हजार ३९९ जना कोरोना निको भएर डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए । ७२.८ प्रतिशत संक्रमित निको भएको छ ।

२४ घन्टामा १० हजार ७६८ र हालसम्म ३ लाख ७५ हजार ४१६ परीक्षण गरिएका छन् । प्रवक्ता गौतमले १२ हजार १११ क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट २४ घन्टामा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर निवासी ५६ वर्षीय पुरुष रहेका छन् । उनको साउन १५ गते मृत्यु भएको थियो ।

साउन ६ गते कोरोना पुष्टि भएका उनी मुटु रोगी थिए । उनको आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका १६ निवासी ३५ वर्षीय साउन १५ गते गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको छ ।

पर्सा जिल्ला वीरगन्ज महानगरपालिका २ छपकैया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । ती पुरुषको साउन १५ गते मृत्यु भएको हो ।

पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ स्थायी घर भइ ललितपुर थसीखेल–५ बस्ने एक ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको हो । उनी मधुमेह तथा रक्तचापका बिरामी थिइन् । साउन ६ गते पाटन अस्पताल भर्ना भएकी उनको साउन १६ गते मृत्यु भएको हो ।

याे संगै अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।


#कोरोना

प्रतिकृया दिनुहोस