२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

सुनको मूल्य प्रतिताेला एकलाख नजिक

शुक्रबार १६, साउन २०७७ ०३:३२

सुनको मूल्य प्रतिताेला एकलाख नजिक

काठमाडाैं । नेपाली बजारमा सुनको मुल्य एकलाख नजिक पुगेकाे छ ।  शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो ।

बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ ।

बिहीबारको तुलनामा शुक्रबार चाँदीको भाउ भने घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २ सय रुपैयाँ कायम भएको छ ।

बिहीबारको तुलनामा बुधबार चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेको हो ।

 


#सुनचाँदी

प्रतिकृया दिनुहोस