२०८१ मङि्सर १० गते सोमबार | 25 November, 2024

कोरोना संक्रमणका कारण थप एककाे मृत्यु

शुक्रबार १६, साउन २०७७ ०१:५८

कोरोना संक्रमणका कारण थप एककाे मृत्यु

काठमाडाैं ।  पाटन अस्पतालमा ललितपुरमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार ती महिला साउन ६ गते भर्ना भएकी थिइन् । ती महिलामा उच्च रक्तचापको समस्या रहेकाे उनले जानकारी दिए । 

वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखाेकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि उनलाई स्टार अस्पतालमै भेन्टिलेटरमा राख्नुपरेको थियो ।

आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।

स्रोतका अनुसार कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारका सदस्यहरुको पीसीआर परीक्षण गर्दा अधिकांशको रिपोर्ट समेत पोजिटिभ आएको थियो ।


#काेराेना भाइरस

प्रतिकृया दिनुहोस