२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

प्रहरी प्रधान कार्यालयका थप २८ जनामा काेराेना संक्रमण

शुक्रबार १६, साउन २०७७ ११:२८

प्रहरी प्रधान कार्यालयका थप २८ जनामा काेराेना संक्रमण

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।

संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालका भर्ना गरिएको उनले जानकारी दिए।

हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।


#प्रहरी प्रधान कार्यालय

प्रतिकृया दिनुहोस