२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

जगदम्बा इन्टरप्राइजेजका सीइओको कोरोनाबाट मृत्यु

शुक्रबार १६, साउन २०७७ १०:४७

जगदम्बा इन्टरप्राइजेजका सीइओको कोरोनाबाट मृत्यु

पर्सा । जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीइओ) भारतीय नागरिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जगदम्बाका ५६ वर्षीय सीइओको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको छ ।

कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार उनी मुुटुसम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए ।

बिहीबार राति नै कोरोना अस्पतालमा जगदम्बाका सीइओसहित तीन जनाको मृत्यु भएको छ । यसअघि बिहीबार वीरगन्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय पुरुष र वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको थियाे ।


#काेराेना

प्रतिकृया दिनुहोस