२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

वीरगन्जमा थप दुई संक्रमितको मृत्यु

शुक्रबार १६, साउन २०७७ १२:५३

वीरगन्जमा थप दुई संक्रमितको मृत्यु

पर्सा । कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्युु भएको छ । बिहीबार वीरगञ्ज महानगरपालिका–१६ नगवाका ३५ वर्षीय पुरुष र वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नगवाका ३५ बर्षीय पुरुषको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु साझ पौने ८ बजेतिर मृत्यु भएको अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए ।

मंगलबार ज्वरो र श्वासप्रस्वासको समस्या भएर आएका उनलाई आकस्मिक कक्षमा भर्ना स्वाब परीक्षण गरिएको थियो । ती युवक ज्वरो आएपछि साउन ५ गते एक निजी क्लिनिकमा पुगेका थिए । स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटल गएका उनलाई त्यसैदिन कोरोना अस्थायी अस्पतालमा रिफर गरिएको थियो । मृत्युपछि बिहीबार राती उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको डा. सिंहले बताए ।

यसैगरी बिहीबार बिहान घरमै मृत्यु भएका वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । घरमै मृत्यु भएको खबर आएपछि नारायणी अस्पतालको टोलीले दिउसो उनको स्वाब संकलन गरेको थियो । बिहीबार राती उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको डा. सिंहले बताए ।

योसंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । साउनयता पर्सामामात्रै कोरोनाबाट ९ जनाको मृत्यु भएको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस