२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

वीरगन्ज महानगरपालिकाका मेयरलाइ काेराेना संक्रमण

बिहिबार १५, साउन २०७७ ०९:१८

वीरगन्ज महानगरपालिकाका मेयरलाइ काेराेना संक्रमण

काठमाडाैं । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना संक्रमण देखिएको छ । यसको पुष्टि मेयर सरावगीले आफ्नो फेसबुक पेजमार्फत गरेका छन् ।

गत सोमबार  स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

बिहीबार बेलुका सरावगीले आफ्नो फेसबुकमा ‘वीरगन्जवासीको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयम् कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ ।

कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले बताएका छन् ।


#काेराेना

प्रतिकृया दिनुहोस