बिहिबार १५, साउन २०७७ ०८:३७
काठमाडाैं। गृहमन्त्रालयले रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ ।
उपत्यका भित्रिने धेरै यात्रुहरुमा काेराेना संक्रमण देखिएको भन्दै साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउने मन्त्रालयले विज्ञप्तिमार्फत जनाएका छन् ।
उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन पनि सबै सुरक्षा निकायसमेत निर्देशन जारी गरिएको छ ।
प्रतिकृया दिनुहोस