बिहिबार १५, साउन २०७७ १२:१२
काठमाडाैं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जनामा संक्रमण पुष्टि भएका बताए।
उनले थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिए।
नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन्।
मुख्यालयमै संक्रमणको जोखिम बढेपछि थप सतर्कता अपनाइएको छ। प्रवक्ता कडायतले संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएको बताए।
योसंगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।
प्रतिकृया दिनुहोस