२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

बिहीबार यी स्थानमा भारी वर्षाको सम्भावना

बिहिबार १५, साउन २०७७ ०८:२२

बिहीबार यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण देशभर सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ ।  

बिहीबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा अनुसार अहिले देशभर नै सामान्य बदली भइरहेको छ । 

यसैगरी, बिहीबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । यस्तै,  प्रदेश ५ र सुदूरपश्चिमका थोरै स्थानमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक÷दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ । 

यस्तै, राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पूर्वानुमान महाशाखाले जनाएको छ । 


#माैसम

प्रतिकृया दिनुहोस