२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

काेराेना संक्रमणबाट वीरगन्जमा थप एककाे मृत्यु

बुधबार १४, साउन २०७७ ०७:१३

काेराेना संक्रमणबाट वीरगन्जमा थप एककाे मृत्यु

वीरगन्ज ।  नारायणी अस्थायी कोरोना अस्पतालमा वीरगन्जका एक ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार वीरगन्ज महानगरपालिका ७ का ६८ वर्षीय वृद्धको बुधबार बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

उनका अनुसार वीरगन्जकै एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारको क्रममा पुरानो मुटु रोगी ती वृद्धमा स्वासप्रश्‍वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना देखिएको थियो ।उनि ६ दिनदेखि उपचाररत थिए । 

कोरोना पोजिटिभ देखिएपछि साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएको थियाे। ‘६ दिनदेखि कोरोना अस्पतालमा उपचार गराइरहेका ६८ वर्षीय वृद्ध पुराना मुटुरोगी पनि थिए,’ अस्पतालका इन्चार्ज डा. सिंहले भने, ‘बुधबार १० बजेर ४० मिनेटमा उनको मृत्यु भएको छ ।’

यससंगै वीरगन्जमा ८ दिनमा  ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस