मङ्गलबार १३, साउन २०७७ ०७:२६
काठमाडाैं । सरकारले आर्थिक अनियमितता गरेको आरोपमा नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सञ्जिव थापा सभापति भएको कार्यसमिति भंग गरेर नयाँ तर्दथ समिति गठन गरेकाे छ । बैठकले माेरङका नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।
सरकारलाई जानकारी नदिई १६ अर्ब रुपैयाँ विदेशी सहायता लिएको, भक्तपुरमा जग्गा खरिदमा आनियमतता गरेको, रेडक्रसको केन्द्रीय कार्यालय, शाखा र उपशाखाको चल–अचल सम्पत्तिको दोहन गरी अनियमितता गरेको, समाज कल्याण र जिल्ला प्रशासनको निर्देशन पालना नगरेको, विधान तथा कानुन विपरीत काम गरेको, पदाधिकारीले आफ्नो पारिश्रमिक लिएको आरोपमा थापाका सभापति भएको कार्यसमिति भंग गरेको हो ।
यस अघि जिल्ला प्रशासनले यस्ता अनियमितता रोक्न भन्दै २०७६ जेठ ६ मा रेडक्रसको केन्द्रीय कार्यसमिति विघटन गरेर तर्दथ समिति गठन गरेकाे थियाे तर सर्वाेच्च अदालतले प्रशासनकाे निर्णय कार्यान्वयन नर्गन आदेश दिएपछि उक्त तदर्थ समिति भंग भएको थियो ।
प्रतिकृया दिनुहोस