२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

सुनको मूल्य प्रतिताेला ९८ हजारमाथि

मङ्गलबार १३, साउन २०७७ १२:३३

सुनको मूल्य प्रतिताेला ९८ हजारमाथि

काठमाडौं । सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लागिरेको सुनको मूल्य आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ७ सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ मंगलबार प्रति औंस १३ डलरले वृद्धि भएको छ ।

अब सुनको भाउ केही दिनमै  तोलामा लाख कट्ने अवस्था देखिएको महासंघका पदाधिकारी बताउँँछन् ।

चाँदी मंगलबार तोलामा ३५ रुपैयाँ बढेको छ । तोलाको १२ सय ४५ रुपैयाँमा चाँदी कारोबार हुँदैछ ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस