मङ्गलबार १३, साउन २०७७ ०८:१२
बर्दिया । बर्दियाको क्वारेन्टाइनमा बसेका बेला आत्महत्या गरेका अछाम घरभएका ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
ती व्यक्ति भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्त कहाँ आएका थिए । ती आफन्तले क्वारेन्टाइनमा बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए । उनलाई बाटोमा अचेत अवस्थामा फेला पारेपछि ठाकुरबाबा नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो ।
आइतबार राति आफूले ओछ्याउने तन्नाको पासो लगाई उनले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी दिए ।
उनको स्वाब परीक्षणका लागि पठाइएकोमा सोमबार बेलुका पीसीआर रिपोर्ट पोजेटिभ आएको हाे । पीसीआर रिपोर्ट नआउँदासम्म उनको शव झुन्डिएकै अवस्थामा थियो । रिपोर्ट आइसकेपछि उनको शव सेनाले व्यवस्थापन गरेको छ ।
प्रतिकृया दिनुहोस