मङ्गलबार १३, साउन २०७७ ०७:५६
बागलुङ । अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर बागलुङको तमानखोला र निसीखोला गाउँपालिकामा तीन बालबालिकाको मृत्यु भएको छ ।
मंगलबार बिहान ३ बजेतिर खसेको पहिरोले तमानखोला गाउँपालिका २ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षीया छोरी रीता र १३ वर्षीय छोरा खिमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । दुई बालबालिकासँगै सुतेकी आमा ३४ वर्षीय होमकुमारी विक भने घाइते भएकी छिन् ।
त्यस्तै सोमबार राति निसीखोला गाउँपालिका १ मा एक कमल परियारको घर पुरिँदा ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ । छोरी र श्रीमतीले भागेर ज्यान बचाएका छन् ।
प्रतिकृया दिनुहोस