२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

स्याङ्जाका प्रहरी प्रमुख सहित १८ जना प्रहरी कोरोना संक्रमण पुष्टि

सोमबार १२, साउन २०७७ ०५:४२

स्याङ्जाका प्रहरी प्रमुख सहित १८ जना प्रहरी कोरोना संक्रमण पुष्टि

स्याङ्जा । स्याङ्जाका प्रहरी प्रमुख एसपीसहित १८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार स्याङ्जामा मात्रै १८ जनामा कोरोना भाइरस भएको पुष्टि भएको हो । १८ जनामध्ये एक जना महिला कर्मचारी छन् ।

साउन ७ गते प्रहरीमा एकाएक ज्वरो आउने र रुघा लाग्ने भएपछि साउन ८ गते स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।

९८ जना प्रहरी र हिरासतमा रहेका ४ जना गरी १०२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ४० जनाको मात्र रिपोर्ट आएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई भिरकोट नगरपालिका–१ मा रहेको कालीका सामुदायिक अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यसअघि स्याङ्जामा कार्यरत ३ जना प्रहरीमा कोरोना देखिएको थियो । तीन जना नै कार्यालयभित्रै सुरक्षित तवरले बसेका छन् ।


#काेराेना

प्रतिकृया दिनुहोस