२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

न्यायाधीश र सरकारी वकिलमा पनि कोरोना संक्रमण

सोमबार १२, साउन २०७७ ०९:३९

न्यायाधीश र सरकारी वकिलमा पनि कोरोना संक्रमण

सप्तरी । सप्तरीमा उच्च अदालत जनकपुरको राजविराज इजलासका एक न्यायाधीश र सरकारी वकिलमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार जिल्लामा ७ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये एक न्यायाधीश, नगर प्रहरीका एक  जवान र तिरहुत गाउँपालिकाका ५ जनामा संक्रमण देखिएकाे जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।  

जिल्लामा हालसम्रम ५ प्रहरी कोरोना संक्रमित भइसकेका छन् । साउन १ गते मृत्यु भएका राजविराज ६ का एक वृद्ध व्यापारीकै घर अगाडि नगर प्रहरी कार्यालय छ ।

न्यायाधीशलाई उच्च सरकारी वकिल कार्यालयबाट सम्पर्क भई कोरोना संक्रमित भएको हुन सक्ने जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए ।

तीन दिनअघि मात्र उच्च सरकारी वकिल कार्यालय राजविराजका प्रमुखमा समेत कोरोना संक्रण पुष्टि भएको यादवले बताए ।  सरकारी वकिलमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वकिल कार्यालय र अदालतमा न्यायाधीश र कर्मचारीको स्वाब संकलन गरिएको थियो ।


#काेराेना

प्रतिकृया दिनुहोस