आइतबार ११, साउन २०७७ ०९:४६
जनकपुरधाम । धनुषामा कोरोनाबाट एक व्यक्तिको मृत्यु भएको छ । धनुषाको शहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आइतबार मृत्यु भएको हो ।
उनलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरले जानकारी दिएको छ ।
अत्यधिक ज्वरो, रुघा, खोकी जस्ता कोरोनाको लक्षण देखिएपछि उनलाई शनिबार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
धनुषाकाे प्रदेशिक अस्पतालबाट थप उपचारका लागि आइबार धरान लैजाँदै गर्दा बाटोमै ज्यान गएको अस्पताल स्रोतले जानएकाे छ ।
प्रतिकृया दिनुहोस