२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

उत्तर कोरियामा संकटकाल घोषणा

आइतबार ११, साउन २०७७ ०५:३०

उत्तर कोरियामा संकटकाल घोषणा

एजेन्सी । उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ ।  

कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएपछि संक्रमण फैलिनसक्ने भन्दै लकडाउनसहितको संकटकाल घोषणा गरिएको उत्तरकाेरीयाली  सञ्चार माध्यमले जनाएको छ । 

सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनु परेको अधिकारीहरुले जानकारी दिएका छन् । 

सर्वोच्च नेता किम जोङ उनले शनिबार पोलिटव्युरो बैठक मार्फत संकटकाल लगाउँदै उच्च सतर्कता अपनाउनु पर्ने निर्णय गराएका थिए । 
नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपतकालीन प्रणाली लागु गर्न आदेश दिएका छन् । 
 


#उत्तर कोरिया

प्रतिकृया दिनुहोस