२०८२ असार १७ गते मङ्गलबार | 1 July, 2025

सुनको मूल्य हालसम्मकै उच्च ,९६ हजार कट्यो

आइतबार ११, साउन २०७७ ११:४६

सुनको मूल्य हालसम्मकै उच्च ,९६ हजार कट्यो

काठमाडाैं ।  आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ।

शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। 

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ।


# सुनको मूल्य

प्रतिकृया दिनुहोस