२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

सालकबाट कोरोना भाइरस मानिसमा सरेको आशंका

शनिबार १०, फागुन २०७६ ०५:२८

सालकबाट कोरोना भाइरस मानिसमा सरेको आशंका

एजेन्सी, विश्वभर मानवपछि सबैभन्दा बढी अवैध कारोबार र तस्करी हुने स्तनधारी जनावारमा सालक पर्छ । विशेषगरी चीन र भियतनाममा सालकको माग निकै उच्च रहेको पाइन्छ ।

चीन र भियतनाममा सालकको मासु निकै लोकप्रिय मानिन्छ । त्यस्तै सालकको खपता पनि पराम्परागत चिकित्सा विधि र व्यवसायिक औषधि उत्पादनमा प्रयोग हुने गर्छ ।

यही सालककै कारण चीनको वुहानबाट कोरोना भाइरस फैलिएको हुन सक्ने चिनियाँ अनुसन्धानकर्ताले बताएका छन् ।

चीनको एक कृषि विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययनमा सालकको मासु खाँदा मानिसहरू कोरोना भाइरसबाट संक्रमित भएको आशंका गरिएको हो ।

हालसम्मका अध्ययनले जनावारबाट नै कोरोना भाइरस मानिसमा सरेको पुष्टि गरेका छन् । तर कुन जनावारबाट मानिसमा उक्त भाइरस सरेको हो भनेर हालसम्म पुष्टि हुन भने सकेको छैन । अधिकांश वैज्ञानिकले चमेराबाट नयाँ भाइरस मानिसमा सरेको हुन सक्ने बताएका छन् ।

यता साउथ चाइना कृषि विश्वविद्यालयका अनुसन्धानकर्ताले सालकबाट कोरोना भाइरस मानिसमा सरेको हुन सक्ने आशंका गरेका छन् ।

उनीहरूका अनुसार सुरुमा चमेरोबाट सालकमा भाइरस सरेको र सालकको मासु खाँदा मानिस संक्रमित भएको हुन सक्ने अनुसन्धानकर्ताले बताएका छन् ।

चिनिया समाचार माध्यम सिन्ह्वाका अनुसार सालकबाट लिएको भाइरसको नमुना र संक्रमित व्यक्तिबाट लिएको नमुनामा ९९ प्रतिशत समानता रहेको पाइएको छ ।

सालकले किरा फट्याङ्ग्रा खाँदा चमेरोको र्‍याल पनि खाएको र सोही सालकको मासु खाँदा मानिसमा कोरोना भाइरस सरेको हुन सक्ने पनि अनुसन्धानकर्ताले बताएका छन् 


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस