२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

पूर्वडीआइजी कोइरालालाई कैद सजाय घटाउने फैसलाको पुनरावलोकनका लागि ३ न्यायाधीश बेन्चमा

आइतबार ११, साउन २०७७ १०:२७

पूर्वडीआइजी कोइरालालाई कैद सजाय घटाउने फैसलाको पुनरावलोकनका लागि ३ न्यायाधीश बेन्चमा

काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आइतबार सुनुवाइ हुँदै छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको नेतृत्वमा तोकिएको इजलासमा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी छन् । उक्त इजलासले सरकारको तर्फबाट पेस भएको निवदेनको सुनुवाई गरी फैसलाको पुनरावलोकन हुने वा नहुने भनि आदेश गर्ने छ । तीन जनामध्ये श्रेष्ठ र ढुंगाना प्रधानन्यायाधीश निकट न्यायधीश मानिन्छन् । रेग्मी भावी प्रधानन्यायधीशको रोल क्रममा छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजायँ कटौती गर्ने निर्णय गरेका थिए ।

पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर जबरा र केसीले भने १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको सो फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् ।

सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सोही दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।


#पूर्वडीआईजी रञ्जन कोइराला

प्रतिकृया दिनुहोस