शनिबार १०, साउन २०७७ ०४:३९
काठमाडौं । पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गाैतमका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको बताए ।
याे संगैनेपालमा कुल संक्रमितकाे संख्या १८ हजार ४८३ पुगेकाे छ ।
यस्तै १८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए । यस्तै हालसम्म संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार शनिबार डोटीमा १३, सुर्खेत र सप्तरीमा ११/११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६/६ जना र दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४/४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैतडीमा ३/३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २/२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा एकएक जना कोरोना संक्रमित थपिएका छन् ।
प्रतिकृया दिनुहोस