२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

भारतमा एकैदिन ४९ हजारमा संक्रमण

शनिबार १०, साउन २०७७ ०२:२७

भारतमा एकैदिन ४९ हजारमा संक्रमण

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोना भाइरस संक्रमित थपिएकाे केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएकाे छ । 

भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ । ती मध्ये चार लाख ५६ हजार ७१ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु आठ लाख ४९ हजार ४३१ जना संक्रमणमुक्त भइसकेका छन् ।  

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३१ हजार ३५८ पुगेको अधिकारीहरुले जनाएका छन् ।

प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ५७ हजार संक्रमित भएका छन् । त्यसैगरी तमिल नाडुमा एक लाख ९९ हजार ७४९ जना र दिल्ली राज्यमा एक लाख २८ हजार ३८९ जना संक्रमित भएका छन् ।  


#काेराेना भाइरस

प्रतिकृया दिनुहोस