२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

लकडाउनकाे समयमा दुई हजार २१८ जनाले गरे आत्महत्या

शनिबार १०, साउन २०७७ ०१:१०

लकडाउनकाे समयमा दुई हजार २१८ जनाले गरे आत्महत्या

काठमाडाैं । काेराेना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ देखि साउन ४ गतेसम्म बन्दाबन्दीको समयमा मात्र विभिन्न तवरबाट उक्त व्यक्तिले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमध्ये पुरुष एक हजार १७२, महिला ८११, बालक ९४ र बालिका १४१ रहेका छन् । 

प्रहरीका अनुसार झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गरेका छन् । झुण्डिएर एक हजार ८२८, विष खाएर ३४६, हाम फालेर १९, डुबेर १२, हातहतियारबाट ८, आगो लगाएर चार र करेन्ट लगाएर एकजनाले आत्महत्या गरेका छन्

 


#आत्महत्या

प्रतिकृया दिनुहोस